Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भ्रमण वर्षको उद्घाटन जनवरी १ को अपराह्न रंगाशालाबाट गरिदै

भ्रमण वर्षको उद्घाटन जनवरी १ को अपराह्न रंगाशालाबाट गरिदै

काठमाडौं, १४ पुस । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी १ मा गरिदै छ । जनवरी १ को अपराह्न दशरथ रंगाशालामा एक विशेष कार्यक्रमको आयोजना गरि भ्रमण वर्षको उद्घाटन गर्ने कार्यतालिका रहेको छ।

नेपाल भ्रमण वर्ष २०२० सचिवालयद्वारा आज आयोजित एक कार्यक्रममा संयोजक सुरज बैद्यले उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा मनाउने भन्दै सो दिन सबैले घरघरमा दिपावली गर्न आग्रह गरे । सन् २०२० देखि २०३० सम्मलाई पर्यटन दशकको रुपमा मनाउनुपर्ने उनको तर्क छ । त्यो अवधिमा पर्यटकीय पूर्वाधार निर्माण र सेवालाई पनि विस्तार गर्दै जाने मन्त्री भट्टराईले बताए ।

सचिवालयले तयार पारेको तालिकाअनुसार रंगशालामा सर्वसाधारण र भीआइपीलाई पौने ४ बजे र भीभीआइपीलाई ४ बजे प्रवेश समय तोकिएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले दिपप्रज्वलन गर्ने छिन् भने प्रधानमन्त्री केपि शर्मा ओलीले भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने छन् ।

उद्घाटन समारोहमा नेपाली कला, संस्कृति झल्कने विभिन्न साँस्कृतिका कार्यक्रमहरु पनि संचालन गरिने छ। भारत, चीन, पाकिस्तानसहित ३१ मुलुकका पर्यटन मन्त्री र संचारकर्मीहरु समेत आमन्त्रित सो समारोहमा स्वदेशी एवं विदेशी गरि करिब १२ हजारको सहभागिता रहने सचिवालयले जनाएको छ। उद्घाटन समारोहका लागि २ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x