सिटिजन म्युचियल फण्ड १ को बिक्री खुल्ला आजबाट
काठमाडौं, २ माघ । सिबिआईएल क्यापिटलले सिटिजन म्युचियल फण्ड १ नामक म्युचियल फण्डको बिक्री खुल्ला भएको छ । क्यापिटलले आज माघ २ गतेबाट सो म्युचियल फण्डको बिक्री खुल्ला गरेको हो । यस म्युचियल फण्डको बिक्री बन्द माघ ७ गते हुने भएको छ । क्यापिटललाई सो म्युचियल फण्ड निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले पौष १७ गते अनुमति दिएको हो ।
क्यापिटलले १० रुपैयाँ अंकित मुल्य भएको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचियल फण्ड निष्कासन गर्नै भएको छ । जसमध्ये १ करोड ५० लाख इकाई सिटिजन्स बैंक इन्टरनेश्नल र सिविआईएल क्यापिटललाई छुट्टाइएको छ । यस सिविआईएल क्यापिटल सिटिजन्स बैंक इन्टरनेशलनको सहायक कम्पनीे हो । बाँकी रहेको ८ करोड ५० लाख इकाई मात्र सर्वसाधारणहरुका लागि छ्ट्टाइएको छ ।
यस म्युचियल फण्डका लागि न्युनतम एक सय इकाई र अधिकतम २० लाख इकाईसम्म आवेदन दिन पाउने जनाइएको छ । यो म्युचियल फण्ड ७ वर्षे बन्द मुखी योजना हो ।