Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआईसी एसिया क्यापिटलको आजबाट म्युचियल फण्ड

एनआईसी एसिया क्यापिटलको आजबाट म्युचियल फण्ड

काठमाडौं, २ माघ । एनआईसी एसिया क्यापिटल लिमिटेडले आज माघ २ गतेबाट म्युचियल फण्डको बिक्री खुल्ला गरेको छ । क्यापिटलले १ अर्ब रुपैयाँको म्युचियल फण्ड निष्कासन गरेको छ । यस म्युचियल फण्डको बिक्री बन्द माघ ८ गते रहेको छ ।

क्यापिटलले एनआईसी एसिया ग्रोर्थ फण्ड नामक म्युचियल फण्डको बिक्री खुल्ला गरेको हो । क्यापिटलले १० रुपैयाँ अंकित मुल्य भएको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गर्ने छ । क्यापिटललाई एनआईसी एसिया बैंकले प्रवद्र्धन गरेको छ । यस फण्डको १५ प्रतिशत वा १५ करोड रुपैयाँको स्वामित्व एनआईसी एसिया बैंक रहने छ । बाँकी रहेको ८५ करोड रुपैयाँमात्र सर्वसाधारणहरुमा जारी गरिने छ । यो योजना ७ वर्षको बन्द मुखी योजना हो ।

यस योजना अन्तरगत सर्वसाधारणहरुले न्युनतम १०० ईकाइ र अधिकत्तम २० लाख ईकाइसम्म आवेदन दिन सकिने छ । एनआईसी एसिया क्यापिटलको यो पहिलो म्युचियल फण्ड हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x