Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

१६ करोड रुपैयाँले बढ्यो सेयर कारोबार, लगानीकर्ता नजर शिवम् सिमेण्टको सेयरमा

१६ करोड रुपैयाँले बढ्यो सेयर कारोबार, लगानीकर्ता नजर शिवम् सिमेण्टको सेयरमा

काठमाडौं, १७ पुस । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । बुधबार ३.४७ अंकले वृद्धि भएको नेप्से परिसूचक आज ३.२९ अंकले गिरावट आई ११६६.२१ विन्दुमा रोकिएको हो । तर, कारोबार रकममा भने सुधार भएको छ । बुधबार ३७ करोड २९ लाख रुपैयाँको करोबार भएकोमा आज ५३ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । यो रकम बुधबारको तुलनामा १६ करोड रुपैयाँ बढी हो । आज एक सय ७० कम्पनीको १६ लाख ६० हजार ४ सय ६ कित्ता सेयर खरिद–विक्री भएको छ ।

बिहीबार सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेण्टको
आज सबैभन्दा बढी सेयर बारोबार शिवम् सिमेण्टको भएको छ । शिवम् सिमेण्टको ९ करोड २१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । उक्त कम्पनीको कारोबार बन्द हुँदासम्म प्रतिसेयर मूल्य ४ सय ८९ रुपैयाँ पुगेको छ । त्यस्तै बढी सेयर कारोबार हुँने दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी छ । नेपाल लाईफको ३ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ समूहमध्ये ३ समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी ९ समूहको परिसूचकमा गिरावट आएको छ । परिसूचक वृद्धि हुनेमा हाइड्रोपावर समूह ०.२४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.७४ प्रतिशत र माइक्रोफाईनान्स समूह ०.९४ प्रतिशत रहेका छन् । आज सर्वाधिक परिसूचक वृद्धि हुनेमा उत्पादन तथा प्रशोधन समूह छ भने सर्वाधिक परिसूचक घट्नेमा होटेल समूह छ । होटेल समूहको ३.६६ प्रतिशतले परिसूचकमा गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x