Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

पाँच महिनामा साढे एक अर्बको प्याज आयात

पाँच महिनामा साढे एक अर्बको प्याज आयात

काठमाडौं, १८ पुस । चालू आर्थिक बर्षको पहिलो ५ महिनाको अवधिमा नेपालमा १ अर्ब ६७ करोड रुपैयाँ बराबरको ४३ करोड ३३ लाख किलो प्याज आयात भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा आधाले कम हो । गत आवको सोही अवधिमा नेपालमा २ अर्ब २ करोड रुपैयाँ बराबरको ६४ करोड ३४ लाख किलो प्याज आयात भएको थियो । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा प्याज आयात २० लाख ९३ हजार किलोले घटेको छ ।

नेपालमा गत बर्षसम्म भारतबाट मात्रै आयात हुने प्याज यो बर्षदेखि भने अन्य २ मुलुकबाट पनि भित्रन थालेको छ । विभागका अनुसार यो बर्ष चीन र नामिबियाबाट पनि प्याज भित्रिएको छ । गत आवको ५ महिनामा भारतबाट मात्रै सबै प्याज आायात भएको थियो । नेपालमा भारतबाट मात्रै आयात हुने प्याज भारत सरकारले नै प्याजको मूल्य आकाशिएपछि निर्यातमा प्रतिवन्धको घोषणा गरेको थियो । यो बर्ष नेपालमा नामिबियाबाट ३ लाख ८७ हजार रुपैयाँ बराबरको १२ हजार किलो प्याज आयात भएको छ । नेपाली बजारमा प्याजको मूल्य १ सय ५५ रुपैयाँ र थोक मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x