ग्रीन डेभलपमेन्ट बैंकले गर्याे हकप्रद शेयरको बिक्री खुल्ला
काठमाडौं, २ माघ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयरको बिक्री खुल्ला माघ २ गतेबाट गरेको छ । बैकले १ बराबर ४ अर्थात चार सय प्रतिशत हकप्रद शेयरको बिक्री खुल्ला गरेको हो । बैंकलाई हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले मंसिर ३ गते स्विकृति दिएको हो । बैंकले हकप्रद शेयरको बिक्री बन्द फागुन ८ गते हुने जनाइएको छ ।
बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद निष्कासन गर्ने छ । बैंकको हकप्रद शेयर निष्कासनका लागि निष्कासन प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरिएको छ ।
बैंकले १ बराबर ४ कित्ता हकप्रद शेयर निष्कासन गरे पछि बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल १० करोड रुपैयाँ पुग्ने जनाइएको छ । बैंकले निष्कासन गर्ने हकप्रद शेयरका लागि इक्रा नेपालले ग्रेड ५ दिएको छ । इक्रा नेपालको अनुसार बैंकको वित्तीय परिसुचकहरु कमजोर अवस्थामा रहेको कारण ग्रेड ५ दिइएको जनाएको छ ।