सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा ठुलीेबेसी र टुहुरेपसलमा

काठमाडौं, २३ पुस । सन्राइज बैंकले लम्जुङको ठुलीेबेसी र तनहुँको टुहुरेपसलमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकको ठुलीबेसी शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधि कर्ण सिंह तामाङ्गलाई मस्र्याङ्दी गाँउपालिकाका वडा अध्यक्ष लिला प्रसाद घलेले पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।
त्यस्तै टुहुरेपसल शाखारहित बैंकिङ्ग सेवाको भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेलले उद्घाटन गरेका हुन् । नगर प्रमुख पौडेल र गण्डकी प्रदेश कार्यालय प्रमुख रबिन्द्र के.सीले शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधि बिष्णु शिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरे ।
दुबै शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।