जिल्ला प्रशासन कार्यालय सिराहामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं, पुस २३ । प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय सिराहामा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उक्त काउण्टरको उद््घाटन गरे ।
बैंककोे सोे काउण्टरबाट प्रवाह गरिने सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले सहज सेवा लिने बताइएको छ। हाल बैंकले २ सय २ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् सेवा प्रवाह गरिरहेको छ ।