Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

स्मार्ट र नेपाल स्याटेलाइटले पाँच किस्तामा बक्यौंता तिर्न पाउने

स्मार्ट र नेपाल स्याटेलाइटले पाँच किस्तामा बक्यौंता तिर्न पाउने

काठमाडौं, २५ पुस । मन्त्रिपरिषद्को निर्णय पछि खारेजी हुनबाट जोगिएका तीन टेलिकम कम्पनीले रोयल्टी बापतको बक्यैता पाँच किस्तामा भुक्तानी गर्न पाउँने भएका छन् । नेपाल दूरसंचार प्रधिकरणले गरेको निर्णयलाई खारेज गर्दै बक्यौता रकम किस्तामा साँवा ब्याजसहित भुक्तानी गर्न सकिने निर्णय भएको सूचना तथा संचार मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कम्पनीहरुले पहिलो किस्ता बापतको रकम २०७६ असार मसान्त भित्र तिर्नुपर्नेछ। बाँकी चार किस्ता प्रतिबर्ष एक किस्ताका दरले प्रत्येक मसान्त भित्र तिर्नुपर्ने छ। सो समयमा पनि नबुझाएको खण्डमा अनुमति पत्र खारेजीको प्रकृया अगाडि बढाइने मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ। कम्पनीले बुझाउँनुपर्ने साँवा ब्याजसहितको सबै किसिमको बक्यौता रकम जम्मा पाँच किस्तामा नबढ्ने गरि पहिलो किस्ता चालु आव २०७६/७७ को असार मसान्त भित्रै र बाँकी चार किस्ता प्रतिबर्ष एक किस्ताका दरले प्रत्येक आवको असार मसान्त भित्रै बुझाउने गरि समय दिने निर्णय गरेको छ।

रोयल्टी वापत प्राधिकरणलाई तिर्नुपर्ने शुल्क नतिरेको भन्दै तीनवटै कम्पनीलाई प्राधिकरणले खारेजीको निर्णय गरेको थियो। गत साउन १३ गते स्मार्ट टेलिकम र वेभ सर्फर टेलिकम्युनिकेशन खारेजीको निर्णय भएको थियो भने साउन १७ गते नेपाल स्याटलाइटको अनुमतिपत्र खारेजी गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x