एनआईसी एशिया बैंकको सपोर्ट सेवा अब २४ सै घण्टा

काठमाडौं, २४ पुस । एनआईसी एशिया बैंकले ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । बैंकले २०७१ सालदेखि सञ्चालनमा ल्याएको उक्त सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको हो ।

उक्त सेवाको माध्यमबाट ग्राहकहरुले बैंकलाई दिने सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरिने बैंकले जनाएको छ । बैंकले हाल ३ सय १३ शाखा कार्यालय, ४ सय ९ एटीएम, एक सय ३ वटा एक्स्टेन्सन काउण्टर र ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *