Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

साताको अन्तिम दिन नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार

साताको अन्तिम दिन नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार

काठमाडौं, २४ पुस । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक वृद्धि भएसँगै कारोबार रकममा पनि सुधार आएको छ । बुधबार ७३ करोड २१ लाख रुपैयाँ कारोबार भएकोमा आज ९ करोड रुपैयाँ वृद्धि भएको हो ।

एक सय ७७ कम्पनीको ३८ लाख ८ हजार ७ सय ८५ कित्ता सेयर ८२ करोड ३४ लाख रुपैयाँमा खरिद–विक्री भएको छ । आज नेप्से परिसूचक ३.५१ अंकले वृद्धि भई १२१३.११ विन्दुमा रोकिएको हो । सबैभन्दा बढी सेयर कारोबार सिभिल बैंक लिमिटेड प्रोमोटर सेयरको र गरिमा विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । सिभिल बैंक लिमिटेड प्रोमोटर सेयरको २० करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोेबार भएको छ भने गरिमा विकास लघुवित्तको २ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ समूहमध्ये ५ समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी ७ समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी परिसूचक वृद्धि हुनेमा माइक्रोफाईनान्स समूह ३.४९ प्रतिशत रहेको छ । त्यस्तै आज सबैभन्दा बढी उत्पादन समूहको ०.४४ प्रतिशतले परिसूचकमा गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x