Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निगमले कर्मचारीलाई १ प्रतिशत बोनश र पुरस्कार स्वरुप एक महिनाको तलब वितरण गर्ने

निगमले कर्मचारीलाई १ प्रतिशत बोनश र पुरस्कार स्वरुप एक महिनाको तलब वितरण गर्ने

काठमाडौं, २७ पुस । नेपाल आयल निगमले कर्मचारीलाई १ प्रतिशत बोनश बाड्ने भएको छ । निगमले गत आर्थिक बर्ष ०७५/७६ को नाफाबाट बोनश तथा एक महिनाको तलब पुरस्कारस्वरुप वितरण गर्ने घोषणा समेत गरको छ । निगमले ३५ अर्ब सञ्चित नोक्सानी पूर्ति गर्दै विगत केही वर्षदेखि नाफामा जान थालेपछि कर्मचारीलाई बोनश बाँड्ने निर्णय गरेको हो।

निगमको २६ पुसको ५० औँ वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई थप एक महिनाको तलब पुरस्कारस्वरूप दिने घोषणा गरेको हो । चार वर्षअघिसम्म निगमको सञ्चित घाटा ३५ अर्ब रुपैयाँ थियो। थप ३६ अर्ब रुपैयाँ ऋण थियो । यसबीचमा निगम सञ्चित नोक्सानी र ऋण चुक्ता गरेर चार वर्षदेखि निरन्तर नाफामा छ । खरिद मूल्यको तुलनामा दोब्बर मूल्यमा पेट्रोलियम पदार्थ बेची निगमले नाफा आर्जन गर्ने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपालमा पनि बढाउने, तर बाहिर घट्दा यहाँ मूल्य नघटाएर चर्को नाफा कमाउने रणनीति निगमले अँगाल्दै आएको छ।

गत आव ०७५/७६ मा करकट्टीपछिको खुद नाफा चार अर्ब कमाएको निगमले चालू आवको अहिलेसम्म तीन अर्बभन्दा बढी नाफा कमाइसकेको छ । सञ्चालक समितिले बोनस वितरण गर्ने निर्णय गर्दै सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई चिठी पठाउने निर्णयसमेत गरेको छ । अर्थलाई पत्राचार गरिदिन निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोधसहितको पत्रसमेत पठाइसकेको छ । यस विषयमा २९ पुसको वार्षिक साधारण सभाबाट अन्तिम निर्णय गराउने निगमको योजना छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x