Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

स्वरोजगारले ऋण लिदाँ आम्दानी र ऋणको अनुपात नखोजिने

स्वरोजगारले ऋण लिदाँ आम्दानी र ऋणको अनुपात नखोजिने

काठमाडौं, २९ पुस । नेपाल राष्ट्र बैंकले स्वरोजगारले ऋण लिदाँ आम्दानी र ऋणको मासिक किस्ता नखोज्ने भएको छ । बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत कर्जा लिनेले उसको आयभन्दा ऋणको किस्ता आधा अर्थात् ५० प्रतिशत हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएपछि यसको विरोध भइरहेको छ । स्वरोजगारले सवारी साधन खरिद गर्न चाहँदा समेत यो व्यवस्थाले समस्या उत्पन्न हुनेभएपछि बजारमा पिकअप भ्यानदेखि स्वरोजगार हुन चाहानेले खरिद गर्ने सवारी साधनको बिक्री समेत घटेको छ ।
‘पिक अप भ्यान किनेर स्वरोजगार बनौं भन्दा पनि बैंकबाट ऋण नपाउने अवस्था छ, यो व्यवहारिक भएन भनेर व्यापक गुनासो आएकाले पुनर्विचार गर्ने निर्णयमा पुगेका छौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।
राष्ट्र बैंकको पछिल्लो नियमले खासगरी मध्यमवर्गलाई घर तथा सवारी खरिदमा लिइने व्यक्तिगत कर्जामा कसिलो नीति लिएको भनेर यसको विरोध भइरहेको छ । बैंक तथा वित्तिय संस्थाबाट व्यक्तिगत प्रकृतिका कर्जामा होम लोन र अटो लोन उल्लेख्य घट्ने बैंकर्सहरुले बताएका छन् । ‘कसैले आफैं जोखिम लिएर घर या गाडी धितो राखेर कर्जा लिन्छु भन्दा यसमा आपत्ति हुनुपर्ने होइन,’ एक वाणिज्य बैंकका सीईओ भन्छन्, ‘बैंकले सुरक्षित धितो मानेर कर्जा दिन्छन् भने यसमा समस्या नहुनु पर्ने हो ।’
सरकारले बैंकबाट कर्जा लिन कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरेको छ । साथै करमा बुझाएको वासलात र बैंकमा बुझाएको वासलात आपसमा भिडाउन सकिने व्यवस्था कार्यान्वयन गरेपछि बैंक तथा वित्तिय संस्थामा ऋणको माग घटिरहेको छ । यसै समयमा व्यक्तिगत कर्जा समेत कसिकसाउ बनाएर सरकारले रोजगारी गर्ने र स्वरोजगार हुन चाहाने वर्गले घर तथा सवारी कर्जा लिनै नसक्ने वातावरण बनाइदिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x