सांग्रिला डेभलपमेन्टको नगद लाभांश बैंक खातामा
काठमाडौं, ३ माघ । सांग्रिला डेभलपमेन्ट बैंकले नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु गरेको छ । बैंकले गत पुस २९ गते सम्पन्न १५ औं साधारण सभाले पारित गरेको ८.९६ प्रतिशत नगद लाभांश सोही दिनबाट सेयरधनीको खातामा जम्मा गर्न थालेको हो ।
त्यस्तै पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुलाई लाभांश वितरण गरिएको बैंकले जनाएको छ । हालसम्म लाभांश प्राप्त नगरेका सेयरधनीहरुलाई आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अध्यावधिक गराउन समेत बैकले अनुरोध गरेको छ ।