Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

अमेरिकासँग थप २०० अर्ब डलरको व्यापार बढाउन चीन सहमत

अमेरिकासँग थप २०० अर्ब  डलरको व्यापार बढाउन चीन सहमत

(एजेन्सीहरु)। चीन र अमेरिकाबीच सम्पन्न पहिलो चरणको व्यापार सम्झौतामा चीनले अमेरिकाबाट थप २०० अर्ब अमेरिकी डलरका वस्तु तथा सेवा आयात गर्ने भएको छ । पहिलो चरणको व्यापार सम्झौता नाम दिएको दुई ठूला अर्थतन्त्रहरुबीच यसअघि व्यापार युद्धको अवस्था थियो ।
सन् २०१७ मा व्यापार युद्ध शुरु हुनुअघिको व्यापारबाट थप २०० अर्बको अमेरिकी वस्तु र सेवा चीनले आयात गर्नेछ । चीनले सन् २०१७ मा अमेरिकाबाट १ खर्ब ८५ अर्ब डलरको वस्तु र सेवा आयात गरेको थियो ।
यसको बदलामा अमेरिकाले १२० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानको महशुल घटाउने भएको छ । त्यी सामानको भन्सार महशुल १५ प्रतिशतबाट आधा अर्थात् ७.५ प्रतिशतमा झारिनेछ ।
अमेरिकाले यसअघि २०० अर्ब अमेरिकी डलरको चिनियाँ वस्तु र सेवाको आयातमा भन्सार महशुल बढाइदिएपछि दुई देशबीच व्यापारमा तनाव उत्पन्न भएको थियो । जसका कारण चीनको उद्योगमा आपूर्ति व्यवस्थामा आवद्ध अन्य देशहरुको निर्यात समेत प्रभावित भएको थियो । यो सम्झौताले चीनबाट अमेरिकामा निर्यात बढ्ने र यसबाट सप्लाइ चेनमा आवद्ध सबै मुलुकलाई लाभ पुग्ने बताइएको छ ।
सन् २०२० मा चीनबाट अमेरिकामा २६० अर्ब अमेरिकी डलरको वस्तु आयात हुने अनुमान गरिएको छ । त्यस्तै सन् २०२१ म ३१० अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ ।
यो चरणको व्यापार वार्ता अनुसार अमेरिकाले ठूलो परिमाणमा कृषिजन्य वस्तु निर्यात गर्दैछ । चीनले सन् २०१७ को तुलनामा १२.५ अर्ब अमेरिकी डलरको कृषि वस्तु सन् २०२० मा र सन् २०२१ म १९.५ अर्ब अमेरिकी डलरको कृषि वस्तु आयात गर्नेछ । सोयाबिन, पोर्क, कपास र गहुँ चीनले आयात बढाउने सूचीमा छन् । दुई देशबीच उत्पन्न व्यापार तनावले अमेरिकबाट पोर्क र सोयाबिनको निकासीमा समस्या उत्पन्न भएको थियो । सन् २०१८ को जुलाइमा चीनले भन्सार बढाइदिएपछि सोयाबिन र पोर्क निकासी प्रभावित भएको थियो । यसको बदलामा ट्रम्प प्रशासनले फेरी ३४ अर्बको चिनियाँ सामानमा भन्सार बढाइदिएको थियो ।
नयाँ व्यापार सम्झौताले चीनका उत्पादकहरुलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । यसले चीनमा लगानीका लागि रहेको अनिश्चितता हट्नेछ र चिनको उत्पादनमूलक उद्योगमा लगानी थपिने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x