आर्थिक बृद्धि ६ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेषण

काठमाडौं, ३ माघ । अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ६ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । नेपाली अर्थतन्त्रबारे अध्ययन गर्न आएको कोषकी टिम लिडर लाउरा जस्माइलोको समूहले आज पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिएको हो ।

कोषले गत असोजमा भने ६.३ प्रतिशत आर्थिक बृद्धिको प्रक्षेपण सार्वजनिक गरेको थियो ।

भारतको सुस्त आर्थिक बृद्धिको प्रभाव नेपालको आर्थिक बृद्धिमा पर्ने अनुमान कोषको छ । त्यस्तै, राजनीतिक स्थाायित्व कायम भएपनि विकास खर्चको सुस्ततालाई कोषले अर्को कारण देखाएको छ ।

झन्डै दुई साता नेपालमा रहदा टोलीले अर्थन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर सहित अर्थशास्त्री लगायत सरोकारवालाहरुसँग नेपालको आर्थिक अवस्थाबारे छलफल गरेका थिए ।

यसअघि यो बाहेक अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले नेपालको अर्थतन्त्र ६ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेका छन्। विश्व बैंक र एसियाली विकास बैंकले पनि यो वर्ष ६.३ प्रतिशतको आर्थिक बृद्धि हुने प्रक्षेपण गरेका छन् ।

तर नेपाल सरकारले भने ८ प्रतिशतको लक्ष्य लिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *