Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

तमोर जलाशयुक्त आयोजना निर्माणका लागि लगानी बोर्ड र पावर चाइनाबीच सम्झौता

तमोर जलाशयुक्त आयोजना निर्माणका लागि लगानी बोर्ड र पावर चाइनाबीच सम्झौता

काठमाडौं, ६ माघ । प्रस्तावित ७६२ मेगावाटको तमोर जलासययुक्त आयोजना निर्माणका लागि लगानी बोर्ड र पावर कन्ट्रक्सन कर्पोरेशन अफ चाइना बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पावर चाइना युरो एसियाका भाइस प्रेसिडेन्ट पान डेन्ग्युले एमओयूमा हस्ताक्षर गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा असोज २६ गते तमोर आयोजना संयुक्त लगानीमा बनाउन पावर चाइना र नेपालको एचआईडीसीएलबीच एमओयू भइसकेको छ । साझेदार पावर चाइना र एचआईडीसीएलले २ वर्षभित्र आयोजनाको निर्माण सुरु गर्ने कार्ययोजना बनाएका छन । एमओयूपछि आयोजनाको विस्तृत इन्जिनियरिङको काम सुरु हुनेछ । २ वर्षभित्र डीपीआर काम र लगानी जुटाएर तमोर आयोजनाको निर्माण सुरु हुने छ । डीपीआर तयारपछि मात्र आयोजनाको वास्तविक क्षमता र लगात निर्धारण हुने छ ।

आयोजना निर्माण लागत पौने २ खर्ब रुपैयाँ अनुमान गरिएको छ । आयोजना बनाउन नेपालमा बेग्लै कम्पनी स्थापना हुने छ । तमोरमा न्यूनतम २६ प्रतिशत नेपाली लगानी रहने सुनिश्चित गरिएको छ । पावर चाइना र एचआईडीसीएलले प्रतिस्पर्धाबाट तमोर पाएका हुन । तमोर आयोजनाको ऋण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्ने छ । सार्वजनिक–निजी साझेदारी खाकामा आयोजना निर्माण गर्ने गरी प्रस्ताव गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x