Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एनआरएनएको विज्ञ सम्मेलन काठमाडौं विश्वविद्यालयमा

एनआरएनएको विज्ञ सम्मेलन काठमाडौं विश्वविद्यालयमा

काठमाडौं, १५ माघ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो विज्ञ सम्मेलन धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा हुने भएको छ । अक्टोबर महिनामा हुने विज्ञ सम्मेलनका लागि एनआरएनएले यसपटक प्राज्ञिक स्थललाई छनौट गरेको एनआरएनए–आइसीसी महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।
काठमाण्डौं विश्वविद्यालयमा सम्मेलनको आयोजना गर्दा सहभागीहरुको संख्या बढ्ने साथै अझै बढी प्राज्ञिक बहस हुने शर्माको भनाए छ । एनआरएनएले सम्मेलनको तयारीका लागि काठमाडौं विश्वविद्यालयका उपकुलपती डा. रामकण्ठ माकाजु सहित डिनहरु, विभागीय प्रमुखहरु लगायत उच्चपदाधिकारीसंग छलफल गरेको छ ।
एनआरएन विज्ञ सम्मेलन वारे प्रधानमन्त्री, परराष्ट्रमन्त्री र परराष्ट्रमन्त्रालय लगायत नेपाल सरकारका उच्चअधिकारीसंग छलफल भैसकेको एनआरएनएले जनाएको छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञान सीप सम्मेलनबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । यस्तै गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्ब रुपैयाँको सामूहिक लगानी कोषको तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीसँग छलफल भएको अध्यक्ष पन्तले जानकारी दिएका छन् ।
अध्यक्ष पन्तका अनुसार प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति विशेष चासो राख्दै त्यसमा रहेका नीतिगत सहजताका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, प्रधानमन्त्रीसँगको भेटमा पन्तले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको बताउँदै छ्टिै त्यसलाई टुंगो लगाइने आश्वासन दिएका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x