Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

पर्यटन बोर्डको सीईओमा धनञ्जय रेग्मी

पर्यटन बोर्डको सीईओमा धनञ्जय रेग्मी

काठमाडौं, १४ माघ । पर्यटन बोर्डको संचालक समितिको बैठकले आज डा. धनञ्जय रेग्मीलाई बोर्डको सिइओमा नियुक्त गरेको हो। उनले ४ वर्ष पर्यटन बोर्डको नेतृत्व गर्ने छन्। १७ जना प्रतिस्पर्धी मध्येबाट उनी सिइओ बनेका हुन् ।
यसअघि सीइओ नियुक्तिको माइन्यूट हुन सकेको थिएन । नेकपा निकट पर्यटन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बच्चुनारायण श्रेष्ठलाई सीईओ बनाउनुपर्ने सुझाव दिएका थिए । प्रधानमन्त्रीले सीइओ नियुक्तिमा हस्तक्षेप गर्न खोजेको समाचार बाहिरिएसँगै बोर्ड सञ्चालकलाई आज सीईओ नियुक्ति गर्न सजिलो भएके हो ।
रेग्मीको कार्यकाल चार वर्षको हुनेछ । स्यांजाका रेग्मी पर्यटन क्षेत्रको अनुसन्धानमा क्रियाशिल छन् ।
पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका संचालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सहितको छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो।

छनौट समितिमा दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए।
छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो। उनीहरुको प्रस्तुतीको आधारमा गतहप्ता तीन जनाको नाम संचालक समितिमा पठाएको थियो।
बोर्डले संचालक समितिमा पठाएको सूचीमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर थिए । सबैलाई उछिन्दै रेग्मी बोर्डको सिइओ नियुक्त भएका हुन्।।

निवर्तमान दिपकराज जोशीको कार्याकाल सकिएपछि गत मङ्सिर १८ गते विज्ञापन खुलाइएको थियो । विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए ।

त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, डा। धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x