Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

फेब्रुअरीमा गर्ने भनिएको त्रिदेशीय पर्यटन मेला स्थगित

फेब्रुअरीमा गर्ने भनिएको त्रिदेशीय पर्यटन मेला स्थगित

काठमाडौं, १६ माघ । आगामी फेब्रुअरी २२ देख २५ सम्म काठमाडौंमा आयोजना गर्ने गरि तय भएको नेपाल इन्डिया चाईना एक्सपो (नाईस) पछि सारिएको छ। प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आयोजना गर्न लागेको उक्त कार्यक्रम चीनमा फैलिएको कोरोना भाइरसका कारण चीनबाट आमन्त्रित अतिथी तथा प्रतिनीधिहरुले सहभागीता जनाउने अवस्था नरहेकाले यसैवर्ष आयोजना गर्ने गरि पछि सारेको जनाइएको छ।

तर आगामी कार्यक्रम मिति भने तय गरिएको छैन ।

पाटा नेपालका अध्यक्ष विभूतीचन्द ठाकुरले संस्थाले छिमेकी मुलुक चीनमा फैलिरहेको कोरना भाइरसका कारण पर्यटन क्षेत्रमा हुन सक्ने सम्भावित असरलाई नजिकबाट अनुगमन गरिरहेको र परिस्थिति सहज भएपश्चात नाईस कार्यक्रमको लागि उपयुक्त मिति तय गरिने जानकारी दिए ।

एक्सपोमा १ सय २० क्रेता र ५० विक्रेताले सहभागी जनाउने निश्चित भइसकेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x