साताको अन्तिम दिन सेयर बजार बढेर बन्द
काठमाडौं, १६ माघ । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) सेयर बजार बढेको छ । आज बजार १९.५१ अंकले बढेर १३२५.३८ को विन्दुमा पुगेको छ।
हिजो भने बजारमा झिनो अंकले गिरावट आएको थियो ।
आज कारोबारमा रहेका १२ समूह मध्ये ट्रेडिङ बाहेक अन्य सबै समूहको उपसूचकमा बृद्धि भएको छ । कारोबार पनि १ सय ७८ कम्पनीको १ अर्ब ९६ करोड रुपैयाँ बढीको भएको छ।
कारोबारको आधारमा सूर्या लाईफ इन्स्योरेन्सको ११ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जुन आजको कारोबार भएका कम्पनीहरु मध्ये सबैभन्दा धेरै हो ।
धेरै कमाउनेमा भने एभरेष्ट इन्स्योरेन्स छ । इन्स्योरेन्सको भाउ १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ । त्यस्तै हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको भाउ ५.३५ प्रतिशतले घटेको छ।