नयाँ अर्थसचिवको खोजी,यी हुन तीन बलिया दाबेदार !

काठमाडौं, १६ माघ । नेपाल सरकारका तीन सचिवले आगामी साता अनिवार्य अवकास पाउँदै छन् । गृह सचिव प्रेम कुमार राई, अर्थ सचिव डा. राजन खनाल र नेपाल ट्रष्टका सचिव गजेन्द्र कुमार ठाकुरले माघ २२ देखि अवकास पाउन लागेका हुन ।

उनीहरुको अवकाससँगै निकै आकर्षक मानिने गृह र अर्थ मन्त्रालयको सचिव बन्न आकांक्षीहरुबीच दौडधुप सुरु भएको छ। अर्थ सचिवका लागि राजस्व सचिव शिशिर कुमार ढुंगाना, वाणिज्य मन्त्रालयका सचिव बैकुण्ठ अर्याल र राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्यालको नाम चर्चामा छन । राजस्व सचिवबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा भएका ढुंगाना केही महिना मात्र पुनः राजस्व सचिवमा सरुवा भएका हुन ।

त्यस्तै बैकुण्ठ अर्याल र लक्ष्यण अर्यालले पनि विगतमा लामो समय अर्थ मन्त्रालयमा काम गरिसकेका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणको गृहकार्य सुरु हुन लागेकाले बजेट निर्माणमा राम्रो अनुभव भएका व्यक्तिलाई सचिव बनाउने मनसायमा अर्थमन्त्री छन् । उसो त यसअघि राजस्वबाट प्रधानमन्त्री कार्यालय सरुवा भएका ढुंगानालाई पुनः राजस्वमा ल्याउदा नै खनालको अनिवार्य अवकास पछि अर्थसचिवको जिम्मेवारी दिने मनसायमा मन्त्री रहेको बताइएको छ।

त्यस्तै गृह सचिवमा भने महेश्वर न्यौपाने, यादवप्रसाद कोइराला, केदारबहादुर अधिकारी, सुरेश अधिकारी, रामकृष्ण सुवेदी, सूर्य गौतम र केदार न्यौपानेले लविङ सुरु गरेको बुझिएको छ ।



 

Leave a Reply

Your email address will not be published. Required fields are marked *