Date

शुक्र, मंसिर २१, २०८१
Fri, December 6, 2024

तेस्रो पक्ष बीमामा बिचौलियाको अन्त्य

तेस्रो पक्ष बीमामा बिचौलियाको अन्त्य

पूर्ण प्रसाद चौलागाई

२०७६ माघ १६, काठमाडौं ।

काठमाडौं, १६ माघ । मोटर बीमा अन्र्तगतको तेस्रो पक्ष बीमामा विचौलियाको अन्त्य हुने भएको छ । नेपाल बीमक संघले तेस्रो पक्ष बीमा पुलको व्यवस्था गरेको छ । योसँगै तेस्रो पक्ष बीमा व्यवसायमा बढ्दै गएको अस्वस्थ्य प्रतिस्पर्धा र विचौलियाको अन्त्य हुने भएको हो ।

नेपाल बीमक संघले अनौपचारिकरुपमा माघ १ गते देखि तेस्रो पक्ष बीमा पुल मार्फत सञ्चालन गरेको छ । पुलको व्यवस्थापनको जिम्मा भने नेपाल पुनर्बीमा कम्पनीलाई दिईएको छ । संघका अनुसार नेपाल पुनर्बीमा कम्पनीले तेस्रो पक्ष बीमा व्यवसायबाट संकलन भएको रकमलाई संकलन गरी कम्पनीहरु बीच बाँडफाँड गर्नेछ ।

यस्तो छ तेस्रो पक्ष पुलको संरचना
नेपाल बीमक संघले तयारी पारेको तेस्रो पक्ष बीमा पुल अनुसार नेपालमा रहेको ३० वटा यातायात कार्यलयमा निश्चित कम्पनीहरुको तोकिने छ । एउटा कार्यलयमा न्यूनत्तम एउटा कम्पनीको तेस्रो पक्ष शाखा कार्यलय रहनेछ भने अधिकत्तम चार वटा रहनेछ । बीमा कम्पनीका शाखा कार्यालयले संकलन भएको बीमाशुल्कको ५ प्रतिशत रकम कम्पनीको तेस्रो पक्ष शाखाले राख्न पाउँनेछ । शाखा कार्यलयको संञ्चालन शुल्क बापत उक्त रकम राख्न पाउँने व्यवस्था गरिएको संघले जनाएको छ । ९५ प्रतिशत रकम नेपाल पुनर्बीमा कम्पनीमा पठाईनेछ । जसमध्ये पुनर्बीमा कम्पनीले २० प्रतिशत रकम प्रत्यक्ष पुनर्बीमा बापत राख्नेछ । बाँकी रहेको रकमलाई १ सय प्रतिशत मानि नेपाल पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरुलाई बाँडफाँड गर्नेछ । ३५ प्रतिशत रकम सबै कम्पनीलाई समान रुपमा वितरण गरिनेछ भने ६५ प्रतिशत रकम कम्पनीको गत आवको बजार हिस्साको आधारमा वितरण गरिने छ । यो व्यवस्था आगामी आवसम्म लागू हुनेछ ।

आव २०७८÷७९ देखि भने निर्जीवन बीमा कम्पनीहरुले गरेको कुल व्यवसायमध्ये हवाई बीमा र इन्जिनियरिङ बीमा रकम घटाएर बाँकी रहेको बीमाशुल्क शतप्रतिशत मानी बजार हिस्सा कायम गरिने छ । ६५ प्रतिशत बीमाशुल्क कम्पनीको बजार हिस्साको आधारमा बाँढिने छ ।

शिखर इन्स्योरेन्सको हिस्सा अधिक
तेस्रो पक्ष बीमा मार्फत नेपाल पुनर्बीमा कम्पनीमा संकलन भएको बीमाशुल्कमध्ये ६५ प्रतिशत रकम निर्जीवन बीमा कम्पनीहरुको बजार हिस्साको आधारमा बाँफाँड गरिने भएको छ । नेपाल बीमक संघका अनुसार कम्पनीहरुले गत आर्थिक बर्ष २०७५÷७६ मा गरेको तेस्रो बीमा व्यवसायलाई आधार मानी कम्पनीहरुको बजार हिस्सा निर्धारण गरिएको छ । सोही बमोजिम बीमाशुल्क वितरण गरिनेछ ।

संघका अनुसार गत आवमा निर्जीवन बीमा कम्पनीहरुले गरेको तेस्रो पक्ष बीमा व्यवसायको आधारमा शिखर इन्स्योेरेन्स कम्पनीको बजार हिस्सा १० दशमलव ७४ प्रतिशत छ । लुम्बिनी जनरल इन्स्योेरेन्सको ८ दशमलव ५३, एनएलजी इन्स्योेरेन्सको ८ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको ८ दशमलव १३ प्रतिशत, नेको इन्स्योरेन्सको ७ दशमलव १२, एभरेष्ट्र इन्स्योरेन्सको ६ दशमलव ९० प्रतिशत छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सको ५ दशमलव २१, ओरियण्टलको २ दशमलव ८०, नेशनल इन्स्योरेन्स २ दशमलव १९, हिमालयन इन्स्योरेन्सको २ दशमलव ७०, युनाईटेडको ४ दशमलव ७०, सगरमाथाको ५ दशमलव ८५, प्रभुको ५ दशमलव ९४, आईएमई जनरल इन्स्योरेन्सको ५ दशमलव ८४, प्रुडेन्सियलको ५ दशमलव शून्य ७, सिद्धाथ इन्स्योरेन्सको २ दशमलव ६४, राष्ट्रिय बिमा संस्थानको १ दशमलव ६३, सानिमा इन्स्योरेन्सको १ दशमलव ५८, अजोडको २ दशमलव ७६ र जनरल इन्स्योरेन्सको १ दशमलव ६९ प्रतिशत हिस्सा रहेको छ । कम्पनीहरुको बजार हिस्सा बमोजिम बीमाशुल्क बाँडफाँड गरिनेछ ।

६५ प्रतिशत बीमाशुल्क कम्पनीको बजार हिस्साको आधारमा
तेस्रो पक्ष बिमा मार्फत नेपाल पुर्नबिमा कम्पनीमा संकलन भएको बिमाशुल्कमध्ये ६५ प्रतिशत रकम निर्जीवन बीमा कम्पनीहरुको बजार हिस्साको आधारमा बाँफाँड गरिने भएको छ । नेपाल बीमक संघका अनुसार कम्पनीहरुले गत आर्थिक बर्ष २०७५÷७६ मा गरेको तेस्रो बीमा व्यवसायलाई आधार मानी कम्पनीहरुको बजार हिस्सा निर्धारण गरिएको छ । सोही बमोजिम बीमाशुल्क वितरण गरिनेछ ।

संघका अनुसार गत आवमा निर्जीवन बीमा कम्पनीहरुले गरेको तेस्रो पक्ष बीमा व्यवसायको आधारमा शिखर इन्स्योेरेन्स कम्पनीको बजार हिस्सा १० दशमलव ७४ प्रतिशत छ । लुम्बिनी जनरल इन्स्योेरेन्सको ८ दशमलव ५३, एनएलजी इन्स्योेरेन्सको ८ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको ८ दशमलव १३ प्रतिशत, नेको इन्स्योरेन्सको ७ दशमलव १२, एभरेष्ट्र इन्स्योरेन्सको ६ दशमलव ९० प्रतिशत छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सको ५ दशमलव २१, ओरियण्टलको २ दशमलव ८०, नेशनल इन्स्योरेन्स २ दशमलव १९, हिमालयन इन्स्योरेन्सको २ दशमलव ७०, युनाईटेडको ४ दशमलव ७०, सगरमाथाको ५ दशमलव ८५, प्रभुमको ५ दशमलव ९४, आईएमई जनरल इन्स्योरेन्सको ५ दशमलव ८४, प्रुडेन्सियलको ५ दशमलव शून्य ७, सिद्धाथ इन्स्योरेन्सको २ दशमलव ६४, राष्ट्रिय बिमा संस्थानको १ दशमलव ६३, सानिमा इन्स्योरेन्सको १ दशमलव ५८, अजोडको २ दशमलव ७६ र जनरल इन्स्योरेन्सको १ दशमलव ६९ प्रतिशत हिस्सा रहेको छ । कम्पनीहरुको बजार हिस्सा बमोजिम बिमाशुल्क बाँडफाँड गरिनेछ ।

यातायात कार्यलयको बर्गीकरण
नेपाल बीमक संघले बीमा व्यवसायको आधारमा यातायात कार्यालयको बर्गीकरण गरेको छ । सबै भन्दा धेरै तेस्रो बीमा हुने यातायात कार्यालयलाई क वर्गमा राखेको छ । न्यून हुनेलाई ग र मध्यम व्यवसाय हुनेलाई कार्यलयलाई ख बर्गमा राखेको छ ।

संघका अनुसार क बर्गमा ६ वटा यातायात कार्यलय परेका छन् । ख बर्गमा भने ८ र ग बर्गमा १८ वटा कार्यलय परेका छन् । संघले क वर्गमा सतुंगल, सानो भरयाङ, इटहरी, तिनकुने भक्तपुर, बुटवल मनिग्राम र पोखराको यातायात कार्यलयलाई पारेको छ । हाल उक्त कार्यलयमा ८९ कार्यलयमा रहेका छन् । जसले गत आर्थिक बर्ष २०७५÷७६ मा ३ लाख ९१ ह्जार ८२९ वटा तेस्रो पक्ष बिमा जारी गरेका थिए । त्यस्तै, ७२ करोड १५ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको थियो ।

ख बर्गमा बिर्तमोड, भरतपुर, लाहान, एकान्तकुना लतिपुर, नेपालगञ्ज, धनगढी, जनकपुर र विरगंज परेका छन् । हाल उक्त कार्यलयहरुमा निर्जीवन बिमा कम्पनीहरुको एक सय बिमा काउण्टर छन् । जसले गत आवमा ४८ करोड ६३ ल लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । ग बर्गमा भने भैरहवा, कावासोती, विराटनगर, बर्दिबास, हेटौडा, डुम्रे, सुर्खेत, पाल्पा, बाग्लुङ, महेन्द्रनगर, भालुबाङ, गाईघाट, इलाम, तुल्सीपुर, धनकुटा, जुम्ला, दिपायल र डडेलधुरा परेका छन् । उक्त यातायात कार्यलयमा निर्जीवन बिमा कम्पनीका ७० वटा काउण्टर छन् । जसले गत आवमो ९४ हजार ६९१ पोलिसी जारी गरेका थिए । जस बापत कम्पनीहरुले १८ करोड ६८ लाख रुपैयाँ संकलन गरेका थिए ।

कम्पनीलाई तोकियो यातायात कार्यालय
बीमक संघले गोला प्रथाद्धारा कम्पनीहरुलाई यातायात कार्यालय तोकेको छ । एउटा कार्यलयमा अधिकत्तम चार कम्पनीका शाखा कार्यालय हुनेछन् भने न्यूनत्तम एउटा कार्यालय रहने भएको छ । संघका अनुसार काठमाडौ स्थित सतुंगल यातायात कार्यालयमा सिद्धार्थ इन्स्योरेन्स, नेशनल, एनएलजी र युनाईटेड इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय रहनेछ । सानो भरयाङमा ओरियण्टल, एभेरेष्ट, प्रभु र प्रिमियर इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय रहनेछ । इटहरीमा नेपाल इन्स्योरेन्स, नेको र सगरमाथा इन्स्योरेन्स कम्पनीका शाखा कार्यालय रहनेछन् । तिनकुने भक्तपुरमा शिखर, जनरल र राष्ट्रिय बिमा संस्थानको शाखा कार्यालय रहनेछ । मनिग्राम बुटवलमा हिमालयन, आईएमई र सानिमा इन्स्योरेन्सको शाखा कार्यालय रहनेछ । पोखरामा लुम्बिनी, प्रुडेन्सियल र अजोड इन्स्योरेन्स कम्पनीको कार्यालय रहनेछ ।

विर्तामोड यातायात कार्यालयमा शिखर, जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय रहनेछ । भरतपुरमा प्रभु, प्रुडेन्सियल र लुम्बिनीको शाखा रहनेछ । लाहानमा एनएलजी र नेशनल इन्सयोरेन्सको शाखा रहनेछ । एकान्तकुना ललितपुरमा प्रिमियर, नेपाल इन्स्योरेन्स, अजोड र सिद्धार्थ इन्स्योरेन्सको शाखा रहनेछ । नेपालगञ्जमा युनाईटेड र ओरियण्टलको शाखा कार्यालय रहनेछ । धनगढीमा सानिमा र नेकोको शाखा रहनेछ । जनकपुर आईएमई जनरल र हिमालयन जनरल इन्स्यारेन्सको कार्यांलय रहनेछ । विरगञ्जमा सगरमाथा र राष्ट्रिय बिमा संस्थानको शाखा कार्यालय रहनेछ ।

भैरहवामा हिमालयन र प्रभु इन्स्योरेन्सको शाखा कार्यालय रहनेछ । कावासोतीमा नेपाल इन्स्योरेन्स र ओरियण्टल इन्स्योरेन्सको शाखा रहनेछ । विराटनगरमा नेको, बर्दिबासमा नेशनल, हेटौडामा सानिमा, डुम्रेमा एभरेष्ट्र, सुर्खेतमा सिद्धार्थ, पाल्पामा राष्ट्रिय बिमा संस्थान, बाग्लुङमा युनाईटेड, महेन्द्रनगरमा अजोड, भालुबाङमा एनएलजी, गाईघाटमा शिखर, इलामा आईएमई जनरल, तुल्सिपुरमा प्रुडेन्सियल, धनकुटामा सगरमाथा, जुम्लामा लुम्बिनी, दिपायलमा प्रिमियर र डडेलधुरामा जनरल इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय रहनेछ । एउटा कम्पनीको कम्तिमा पनि तीन वटा शाखा कार्यालय हुने भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x