Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सनराइज बैंकको नाफामा १९.१२ प्रतिशतको बृद्धि

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सनराइज बैंकको नाफामा १९.१२ प्रतिशतको बृद्धि

काठमाडौं, १६ माघ । सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको सोही अविधको तुलनामा १९.१२ प्रतिशत बढी हो । गत वर्ष ७९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । खुद ब्याज आम्दानी १८.९३ प्रतिशत र सञ्चालन नाफा १८.४२ प्रतिशतले बढेको छ।
त्यस्तै बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले बढेर २१ रुपैयाँ ०६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १ सय ४२ रुपैयाँ २६ पैसा छ ।

निक्षेप संकलन ८२ अर्ब १५ करोड रुपैयाँ र कर्जा लगानी ७५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *