सुनको मूल्य ७ सय बढ्यो, तोलाको ७६ हजार ३ सयमा कारोबार

काठमाडौं, १६ माघ । नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधवार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि बिहीवार बढेको छ । चाँदी मूल्य प्रतितोला १० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेकोे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *