Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

काबेली बी वानको सहवित्तियकरण कर्जामा बैंक अफ काठमाण्डू

काबेली बी वानको सहवित्तियकरण कर्जामा बैंक अफ काठमाण्डू

काठमाडौं, १६ माघ । बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविद्युत बिकास कम्पनीबीच काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । १ अर्ब ९७ करोड रुपैयाँ खर्च अनुमान गरिएको उक्त आयोजनामा बैंक र अरुण भ्यालीबीच सहवित्तियकरण कर्जा प्रवाह गर्ने बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो आयोजनाको क्षमता ९.९४ मेगावट रहेको छ । आयोजना पाँचथर र ताप्लेजुङको सिमानामा निर्माण भईरहेको छ ।

साथै यस सहवित्तियकरण कर्जा पश्चात् काबेली बी वान कास्केड जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले ८७ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x