Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एभरेष्ट इन्स्योरेन्सको नाफामा १२६ प्रतिशतको बृद्धि

एभरेष्ट इन्स्योरेन्सको नाफामा १२६ प्रतिशतको बृद्धि

काठमाडौं, २ फागुन । एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७६–०७७ को दोस्रो त्रैमाससम्ममा ५ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२६.२५ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले २ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै चालु वर्षमा एभरेष्टले २३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ भने बीमा कोषको आकार पनि २० करोड ९४ लाख ५१ हजार रुपैयाँबाट बढाएर २५ करोड ५७ लाख रुपैयाँ पुर्याउन सफल भएको छ। हल एभरेष्टको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १६ करोड ९६ लाख रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x