यूनाइटेड इन्स्योरेन्स र एनसीसी बैंकको सेयर सूचिकृत
काठमाडौं, ६ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको सेयर सूचिकृत भएको छ ।
नेप्सेमा मंगलबार यूनाइटेड इन्स्योरेन्सको ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर र एनसीसी बैंकको १ करोड २२ हजार ७ सय ६१ कित्ता बोनस सेयर सूचिकृत भएको हो । उक्त सूचिकृत सेयर अब लगानीकर्ताहरुले खरिद विक्री गर्न सक्नेछन् ।