Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सनराइज बैंकद्वारा “सनराइज सरल एसएमई कर्जा” योजना सञ्चालनमा

सनराइज बैंकद्वारा “सनराइज सरल एसएमई कर्जा” योजना सञ्चालनमा

काठमाडौं, ११ फागुन । सनराइज बैंकले “सनराइज सरल एसएमई कर्जा” सञ्चालनमा ल्याएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न नसकेका साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले कर्जा उपलब्ध गराउन यो कर्जा योजना सञ्चालनमा ल्याएको जनाइएको छ।

उक्त योजना अन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको जनाइएको छ। यस योजना अन्तर्गत १ करोड रुपैयाँ सम्मको कर्जा सहुलियत ब्याँज दरमा प्राप्त गर्ने छन् ।

यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्ने छ । यो सुविधा देशका विभिन्न स्थानमा रहेको बैंकको १ सय ३० शाखाहरूबाट लिन सकिने बैंकले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x