सञ्चारमाध्यमलाई ऐना जस्तै बन्न सञ्चारमन्त्री डा.खतिवडाको आग्रह

काठमाडौं, ११ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सरकारले गरेका राम्रा काम प्रचार प्रसार गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । आज सञ्चारमन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले सञ्चारमाध्यम सरकारको सहयात्री भएकाले सरकारले गरेका राम्रो कामको प्रचार र नराम्रो गरे खबरदारी गरी सहि दिशा देखाउन आग्रसर हुनुपर्ने बताएका हुन् ।
सरकारले समावेशी विकासलाई प्राथमिकता दिएको हुँदा त्यसलाई पुरा गर्न सञ्चार माध्यमको भूमिका अपरिहार्य हुने मन्त्री खतिवडाको भनाई छ ।

त्यस्तै मन्त्री खतिवडाले सञ्चार सम्बन्धी विधेकमाथि छलफल गरेर पारित गर्ने जानकारी दिए । सञ्चारमाध्यमहरुलाई व्यवस्थित गर्ने बहस चलिरहेका र त्यसलाई के गर्ने भनेर सरोकारवालाहरुसँग छलफल गरेर अगाडि बढ्ने उनको भनाई छ ।

त्यस्तै डिजिटल नेपाललाई साकार बनाउँन आफ्नो पक्षबाट भरपुर सहयोग हुने मन्त्री खतिवडाले प्रतिवद्धता जनाए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *