Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेप्से परिसूचक १५ सय नाघ्यो, कारोबारमा पनि नयाँ रेकर्ड

नेप्से परिसूचक १५ सय नाघ्यो,  कारोबारमा पनि नयाँ रेकर्ड

काठमाडौं, ११ फागुन । आइतबार नेप्से परिसूचक १५ सय नाघेको छ । साताको पहिलो दिन बजार खुलेदेखि नै बढ्न थालेको नेप्से परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ को विन्दुमा पुगेर बन्द भएको छ।

विगत ३ वर्षको अवधिमा नेप्सेमा यती ठुलो अंकको सुधार आएको आइतबार पहिलो दिन हो ।

सो दिन कारोबारमा आएका सबै समूहको उपसूचकमा सुधार आएको छ। जीवन बीमा १९२.३६ र निर्जीबन बीमा समूहको उपसूचक १३९.८५ अंकले बढेको छ।

कारोबार पनि साढे ३ अर्ब बढीको भएको छ। १ सय ७८ कम्पनीको ३ अर्ब ६० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

एनएमबि बैंकको सबैभन्दा धेरै अर्थात १२ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएसँगै निरन्तर घटेको नेप्से परिसूचक ११ सय भन्दा तल झरेको थियो । तर पछिल्लो समय बजार केही सुधार हुदै गएको छ। योसँगै पुराना लगानीकर्ताहरु उत्साही देखिन्छन् भने नयाँ लगानीकर्ताहरुले बजार प्रवेश गर्न थालेका छन् ।

नेप्सेमा सुधार आउनुमा अर्थमन्त्री डा. युवराज खतिवडा हट्ने हल्ला प्रमुख रहेको केहीको आँकलन छ । राष्ट्रिय सभा सदस्यको अवधि सकिएपछि उनको स्थानमा बामदेव गौतमलाई सांसद बनाउने समाचार आज सार्वजनिक भएको छ । त्यसले पनि लगान्ीकर्ता केही उत्साही भएको बताइन्छ । केही लगानीकर्ताहरुले मन्त्री खतिवडालाई बजार विरोधीको रुपमा चित्रण गर्ने गरेका छन् । अर्को बजारमा क्रमिक सुधार भइरहेकाले लगानीकर्ताहरुले सेयर खरिदमा देखाएको रुचिलाई कारण मानिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x