नेपाल बैंकको सक्रान्ती बजार शाखा पुनः सञ्चालनमा आयो

काठमाडौं, ११ फागुन । नेपाल बैंक लिमिटेडले तेह्रथुमको आठराई गाउँपालिका स्थित सक्रान्ती बजारमा शाखा कार्यालय पुनः सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । प्रधानमन्त्री ओलीले शाखा कार्यालयको उद्घाटन गर्दै बैंकिङ सेवाको भरपुर उपयोग गरी स्थानीयहरु व्यवसायी बन्नु पर्ने बताए ।

त्यस्तै शाखा कार्यालय उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सरकारी बैंकले निजी बैंकसँग प्रतिस्पर्धा गरेर सुरक्षित र भरपर्दाे सेवा दिएको हुनानले ढुक्क भएर कारोबार गर्न सबैलाई आग्रह गरे । कार्यक्रमा बैंकका अध्यक्ष्य वासुदेव अधिकारीले बैंकले सदैव ग्राहको सुविधालाई आत्मसाथ गरेर अगाडि बढ्ने बताए ।

२०३३ सालमा स्थापना भएको भएपनि माओवादी द्वन्द्वकालमा यो शाखा विस्थिापित भएको थियो । सोही शाखा १ सय ७७ औं शाखाको रुपमा पुनः स्थापना गरिएको अध्यक्ष अधिकारीले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *