Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

महासंघको साधरणसभा चैत २८ र २९ गते

महासंघको साधरणसभा चैत २८ र २९ गते

काठमाडौं , १२ फागुन । नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभा चैत २८ र २९ गते निर्णय गरेको छ। आइतबार महासंघको कार्यलयमा बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति घोषणा गरेको हो।

कार्यसमितिले महासंघको साधारणसभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने निर्णय गरेको छ। कार्यसमितिले प्रदेशको निर्वाचनका सम्बन्धमा समेत छलफल गरेको छ । प्रदेशको निर्वाचन नभएकोले केन्द्रको निर्वाचन नगराउन भन्दै महासंघमा केही दिन अघि उजुरी परेको थियो। महासंघको विधानमा केन्द्रको निर्वाचन गर्नु दुई महिना अघि प्रदेशको निर्वाचन हुनुपर्ने प्रावधान छ।
यो साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने भएकाले चुनाबी चहलपहल केही महिना अघि देखिनै सुरु भइसकेको छ। योसँगै औपचारिक रुपमा निर्वाचनको माहोललाई तताएको छ।

यो साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्यहरुको निर्वाचन हुनेछ। किशोर प्रधानको उम्मेद्वारी घोषणासभामा प्रेसिडेन्ट–इलेक्ट शेखर गोल्छा समेत उपस्थित भएपछि आइतबारको कार्यकारीणी समिति बैठकमा विधान संशोधनको विषय पुनः छिराउन पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका सदावहार खेलाडी चण्डीराज ढकालले अन्तिम प्रयास गरेका थिए । वरिष्ठ उपाध्यक्ष स्वतस् अध्यक्ष हुने प्रावधान छ, त्यसैले अध्यक्षमा निर्वाचन हुने छैन। वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा चैत मसान्तपछि स्वतस् अध्यक्ष हुनेछन्।

तर वरिष्ठ उपाध्यक्ष, जिल्लारनगर उपाध्यक्ष, एशोसियट उपाध्यक्ष र वस्तुगत उपाध्यक्षसहित कार्यसमिति सदस्यमा निर्वाचन हुनेछ। यो पदका लागि एफएनसिसीआईमा दुई खेमा बनिसकेको छ। वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले प्रतिस्पर्धा गरिरहेका छन् ।

ढकाल पक्षबाट जिल्लारनगर उपाध्यक्षमा गुणनिधी तिवारी र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ उठ्दैछन् भने प्रधान पक्षबाट जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ उठ्दैछन्। दुबै तर्फ एशोसिएट उपाध्यक्षमा भने नाम तय भएको छैन। प्रधान समुहबाट उठ्ने भनिएका सौरभ ज्योति समेत विराटनगरमा भएको घोषणासभामा गएनन्।

महासंघमा जिल्ला तथा नगर उद्योग बाणिज्य संघ, दोस्रो वस्तुगत संघ र तेस्रो एशोसिएट सदस्य । महासंघको ७७ जिल्लाको १०५ जिल्ला तथा नगर उद्योग बाणिज्य संघ छन् र यी सदस्यको मतको भार कुलमा ५० प्रतिशत छ।

वस्तुगतमा १ सय ३ सदस्य छन्, उनीहरुको मतभार २० प्रतिशत र एशोसिएटमा ९ सय ३२ सदस्य छन्, उनीहरको मतभार ३० प्रतिशत छ। जिल्ला नगरको वेटेज धेरै भएकाले जिल्ला नगरमा राम्रो पकड राख्नेलाई विजयी हुन सहज हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x