Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नागरिक उड्ययन प्राधिकरण टुक्र्याउने विधेयक संसद्मा

नागरिक उड्ययन प्राधिकरण टुक्र्याउने विधेयक संसद्मा

काठमाडौं, १२ फागुन । सरकारले नागरिक उड्ययन प्राधिकरण टुक्र्याउने विधेयक संसद्मा दर्ता गरेको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ)को सुझाव अनुसार नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई टुक्राउन कानुनी व्यवस्था गरिन लागेको हो । आइकाओले नीतिगत तहमा काम गर्ने र सेवा प्रबाह गर्ने काम एकै ठाउँबाट गर्न नहुने सुझाव दिए अनुसार प्राधिकरणलाई टुक्राउन लगिएको हो । क्यानको कार्यविभाजन भएसँगै नेपालको हवाई क्षेत्र थप व्यवस्थित र सुरक्षित हुने अपेक्षा गरिएको छ ।

क्यान टुक्रिएसँगै एरोड्रोम (विमानस्थल) अपरेटर र एयर नेभिगेसन सर्भिस प्रोभाइडरको जिम्मा अब बन्ने नयाँ संस्थाको हुनेछ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) तालिम केन्द्र पनि अब बन्ने नयाँ संस्थाले नै सम्हाल्नेछ । योबाहेक नीतिगत तथा सुरक्षा निगरानीका सम्पूर्ण काम अहिले नागरिक उड्डयन प्राधिकरणसँग नै रहनेछन् ।

पर्यटन मन्त्रालयले संसद्बाट अनुमोदन भएसँगै क्यान टुक्राउने काम शुरू हुनेछ । प्राधिकरण छुट्टिएसँगै मन्त्रालयसँग मिलेर देशको समग्र उडान सम्बन्धी नीतिगत निर्णयहरू गर्ने, एयरलाइन्सहरूलाई लाइसेन्स जारी गर्ने, खारेज गर्ने, अनुगमन गर्ने, कारवाही गर्ने लगायतका सम्पूर्ण काम प्राधिकरणले नै गर्नेछ ।

त्योबाहेक एयरपोर्ट सञ्चालन, व्यवस्थापन, एटीसी ट्रेनिङ लगायतको काम नयाँ संस्थाले गर्नेछ । यसैविच, राज्यले निर्दिष्ट गरेका दायरा पूरा गरे नगरेको सम्पूर्ण अनुगमन प्राधिकरणले नै गर्नेछ । मन्त्रालय स्रोतका अनुसार अहिले प्राधिकरणमा एक हजार ६५ जना कर्मचारी छन् । हवाई क्षेत्रमा काम गर्ने सबै संस्थाको नियामक निकाय प्राधिकरण बन्नेछ । टावरमा कुन स्तरको मापदण्ड राख्ने भनेर नियमहरू बनेको र त्यसको कार्यान्वयन भने नयाँ बन्ने संस्थाले गर्ने बताइएको छ । अहिले एयरलाइन्स तथा मेन्टिनेन्स कम्पनी लगायतलाई राम्रोसँग नियमन गर्न सकिएको छैन । दुईवटा संस्था बनेपछि विमानस्थलहरूको व्यवस्थापन गर्ने जिम्मा पनि नयाँ संस्थालाई जानेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x