सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, एक वर्षमै १७ हजार ७ सय बढ्यो
काठमाडौं, १२ फागुन । स्थानीय बजारमा लगातार बढेको सुनको मूल्य आज पनि बढेर ८० हजार ३ सय पुगेको छ । गत वर्ष फागुन १२ गते ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन एक वर्षको अवधिमा १७ हजार ७ सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
महासंघका अनुसार आइतबार प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज एकै दिनमा प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको हो ।
पछिल्लो केही दिन यता विश्व बजारमा सुनले नयाँ–नयाँ रेकर्ड बनाई रहेको छ ।
यसअघि चीन र अमेरिकाबीच भईरहेको व्यवसायिक द्वन्द्वले मूल्य बृद्धि भएको बताए पनि पछिल्लो समय भने चीनमा फैलिएको कोरोना भाइरसलाई प्रमुख कारण मानिएको छ ।
त्यस्तै आइतबारको तुलनामा चाँदीको मूल्य पनि प्रतितोता ५ रुपैयाँ बढेकोे छ । आज चाँदी प्रतितोला ९ सय २५ रुपैयाँमा खरिद विक्री भईरहेको महासंघले जनाएको छ ।