अमेरिकी राष्ट्रपछि ट्रम्प दुई दिने भारत भ्रमणमा

काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आज अहमदाबाद आएका छन् । उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे ।

ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो समारोहमा लाखौं भारतीय नागरिक सहभागी हुने छन ।

राष्ट्रपति ट्रम्पको यो भ्रमणले दुई देशबीच सम्बन्ध थप बलियो हुने विश्वास लिइएको छ।

भोली राष्ट्रपति भवन परिसरमा ट्रम्प दम्पत्तिको स्वागत कार्यक्रम हुने छ । भोली साँझ ट्रम्पले भारतीय समकक्षी रामनाथ कोविन्दसँग भेटवार्ता पछि ट्रम्प अमेरिका फर्कने छनु ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *