Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से परिसूचक १६ सय नजिक,सवाँ ४ अर्बको कारोबार

नेप्से परिसूचक १६ सय नजिक,सवाँ ४ अर्बको कारोबार

काठमाडौं, १४ फागुन । बुधबार नेप्से परिसूचक ५०.९३ अंकले बढेर १५९६.१३ को विन्दुमा उक्लिएको छ । १५४७.२१ को विन्दुबाट सुरु भएको परिसूचक ३.३० प्रतिशतले बढेको हो ।

बुधबार कारोबारमा आएका सबै समूहको उपसूचकमा सुधार आउदा समग्र नेप्से बढेको हो ।

सो दिन सवाँ चार अर्बको कारोबार भएको छ । १ सय ८० कम्पनीको ४ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो समयमा सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्सको २१ करोड ९९ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

कारोबारकै आधारमा दोस्रोमा शिवम् सिमेन्ट रहेको छ ।

पछिल्लो समय सेयर बजारमा क्रमिक सुधार भइरहेको छ । बजार बढ्दै गएकाले लगानीकर्ताको मनोबल उच्च भएको छ । यही अवस्थामा बैंकहरुले सेयरमा लगानी गर्नलाई सहजै पैसा दिन थालेका छन् । त्यसले कारोबार बढी भएको हो ।

लगानीकर्ताहरुका अनुसार बुधबार बजार बढ्नुमा प्रमुख कारण अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभा सदस्यमा नदोहोरिने नेकपाको निर्णय हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x