Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

महासंघका आगामी अध्यक्ष गोल्छालाई ‘डाइनामिक व्यक्ति’ भन्दै ढकालले गरे प्रशंसा,तर गोल्छा अनुपस्थित

महासंघका आगामी अध्यक्ष गोल्छालाई ‘डाइनामिक व्यक्ति’ भन्दै ढकालले गरे प्रशंसा,तर गोल्छा  अनुपस्थित

काठमाडौं, १४ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २८ र २९ गते ५४ औं साधारण सभा हुँदैछ । सो साधारण सभाबाट हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ।

सोही अनुसार आगामी साधारण सभाले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउने छ, सो व्यक्ति गोल्छा पछि महासंघको नेतृत्वमा पुग्ने छ । बरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रधानले यसअघि बिराटनगरबाट र ढकालले आज काठमाडौंको होटल याक एन्ड यतीमा कार्यक्रम गरेर उम्मेदवारी घोषणा गरे ।

प्रधानलाई दुई महिनापछि महासंघको स्वतः अध्यक्ष बन्न लागेका गोल्छाले साथ दिएका छन् । सोही कारण आज ढकालको उम्मेदवारी घोषणा कार्यक्रममा निमन्त्रणा गरेपनि गोल्छा उपस्थित भएनन् । तर उम्मेदवारी घोषणा कार्यक्रममा ढकालले गोल्छालाई ‘डाइनामिक व्यक्ति’ भएको भन्दै खुलेर प्रशांसा गरे ।

महासंघलाई व्यवसायीक हकहितमा लगाउनका सशक्त टिम बनाउन आवश्यक रहेको भन्दै उनले गोल्छाको नेतृत्वमा आगामी कार्यकालका लागि सशक्त टिम बन्ने विश्वास व्यक्त गरे । उनले आफ्नो उम्मेदवारी पनि त्यसैको अंश भएको बताए । ‘हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा एउटा सशक्त टिम बन्ने छ,’ उनले भने, ‘हामी १, १ जोडेर २ होइन ११ बनाउने गरि काम गर्ने छौं ।’

देशमा औद्योगिक वातावरण बनाउन र स्वदेशी लगानीकर्ताको संरक्षणसँगै विदेशी लगानी भित्र्याउन उक्त टिमले पहल गर्ने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x