Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेद्वारी घोषणा

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेद्वारी घोषणा

काठमाडौं, १४ फागुन । नेपाल उद्योग वाणिज्य महासंंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा चद्र प्रसाद ढकालले उम्मेद्वारी घोषणा गरेका छन् । राजधानीमा आज पत्रकार सम्मेलन गरि ढकालले वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा गरेका हुन् ।

उनले महासंघको गरिमा बचाउँदै व्यवसायीको समस्या हल गर्ने प्रतिवद्धता जनाए । त्यस्तै उद्यौगिक वातावरण बनाउँन अझै थुप्रै काम गर्न बाँकी रहेकोले पनि त्यसमा आफ्नो उम्मेद्वारी आवश्यक रहेको बताए । आफू राज्यसँग सहकार्य गरेर अगाडि बढ्ने भन्दै निजी क्षेत्रको सहभागिता बिना समृद्धि सम्भव नहुने उनको दाबी छ । राज्यले निजी क्षेत्रलार्य साझेदारीको रुपमा लिनु पर्ने ढकालको भनाइ छ ।
व्यवसायी र नागरिक समाजको चर्काे दवाव आएकाले आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिनु परेको ढकालले जानकारी दिए ।

उनले ‘समृद्धिको अधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने नारा तय गरेका छन् । ढकाल महामंघको वर्तमान उपाध्यक्ष हुन् । उनी आईएमई ग्रुपका अध्यक्ष हुन् । महासंघको साधारण सभा चैतमा हुँदै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x