राष्ट्रिय वाणिज्य बैंकद्वारा काठमाडौं ईन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग प्रदान
काठमाडौं, १४ फागुन । राष्ट्रिय वाणिज्य बैंकले काठमाडौं ईन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल निर्माण गर्न ५० लाख रूपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ईन्स्टिच्युटलाई ५० लाख रूपैयाँ प्रदान गरेको छ ।
आज सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्यससँगै बैंकका अध्यक्ष निर्मलहरी अधिकारीले ईन्स्टिच्युटका संस्थापक अध्यक्ष कोइरालालाई चेक हस्तान्तरण गरे ।
हाल यस बैंकले २ सय ३९ वटा शाखा मार्फत ३२ लाख ग्राहकलाई वित्तीय सेवा दिदै आएका छन् ।