राष्ट्रिय सभामा पुनः दोहोरिने विश्वास सहित अर्थमन्त्री खतिवडाले भने– ‘२१ गते सपथ छ, फेरि भेट हुन्छ’
काठमाडौं, १५ फागुन । अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले राष्ट्रिय सभा सदस्यमा आफुले निरन्तरता पाउने वा नपाउने भन्नेबारे कुरा गर्ने समय नआएको बताएका छन् । सरकारको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सपथ २१ गते तोकिएकाले त्यतीबेला थाहा हुने बताए ।
‘२१ गते सपथ समय तोकिएको छ। २१ गते तपाईंहरुसँग फेरि भेट हुन्छ। त्यती बेलै यो विषयमा कुरा गरौंला।’ उनले भने ।
बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैंठकले राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभा सदस्यका लागि बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ । तर प्रधानमन्त्री केपि शर्मा ओलीले भने खतिवडालाई नै निरन्तरता दिने बताएका छन् ।
त्यस्तै उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती पनि चैत ५ गते भित्रै हुने जानकारी दिए ।
एकअर्को प्रसंगमा उनले पुस्तक आयातमा लगाइएको कर नहट्ने प्रष्ट पनि पारे ।