Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

डिजेल तथा पेट्रोलमा प्रतिलिटर थप ५ रुपैयाँ कर

डिजेल तथा पेट्रोलमा प्रतिलिटर थप ५ रुपैयाँ कर

काठमाडौं, १६ फागुन । सरकारले पेट्रोल तथा डिजेलमा प्रतिलिटर ५–५ रुपैयाँ विकास कर लगाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले विकास निर्माणका लागि थप कर लिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ र सूचना प्रविधि तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । सरकारले पेट्रोलियममा यसअघिदेखि नै बुढी गण्डकी जलविद्युत् आयोजना निर्माणका लागि भनेर प्रतिलिटर ५ रुपैयाँ कर लिदैं आएको थियो । अनिश्चित आयोजनामा सरकारले कर लगाएर जनतामाथि करभार थपेको भनेर विरोध हुँदै आएको थियो ।
यसका बाबजुद सरकारले पुनःकर लगाएको छ । चालु आवमा राजस्व लक्ष्य अनुसार संकलन गर्न कठिन देखिएपछि सरकारको ध्यान पेट्रोल तथा डिजेलमा गएको देखिन्छ । अहिले विश्वव्यापी रुपमा नै कच्चा तेलको (ब्रेण्ट क्रुड आयल) को मूल्य घटिरहेको छ । जसका कारण अहिले कायम रहेको मूल्य नबढ्ने गरी कर लगाएको सरकारको दाबी छ । तर, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने बित्तिकै उपभोक्ता मूल्य बढाउनुको विकल्प हुँदैन । पेट्रोलियम पदार्थको मूल्य बढाउँदा आम उपभोक्तामा मूल्य वृद्धिको मार समेत खेप्नुपर्ने हुन्छ । चालु आवमा ६.८ प्रतिशत मूल्यवृद्धि रहेको छ । इन्धनको मूल्य वृद्धि भएमा ढुवानी भाडा वृद्धि भइ चौतर्फी मूल्य वृद्धिको सामना गर्नुपर्ने हुन्छ ।

सरकारले आर्थिक वर्ष २०७२–७३ देखि बुढीगण्डकी निर्माणका लागि पेट्रोलियम पदार्थबाट प्रतिलिटर पाँच रुपैयाँ कर उठाउँदै आएको छ । जसबाट अहिलेसम्म ४१ अर्ब रुपैयाँ जम्मा भैसकेको छ । त्यस्तै २०६५–६६ देखि सरकारले प्रदुषण शुल्कका नाममा इन्धनबाट प्रतिलिटर ५० पैसा उठाउँदै आएकोमा चालु आर्थिक वर्षको बजेटबाट १ रुपैयाँ ५० पैसा प्रतिलिटर पु¥याएको थियो । यसबाट अहिलेसम्म ८ अर्ब रुपैयाँ संकलन भैसकेको छ ।

अर्थमन्त्रीले गरे पुस्तकमा करको बचाउ
अर्थमन्त्री खतिवडाले आयातीत पुस्तकमा लगाएको करको बचाउ गरेका छन् । उनले ज्ञानमा कर लगाएको नभइ पुस्तकको व्यापारमा कर लगाएको दाबी गरेका छन् । ‘किताब बेच्दा ३०–४० प्रतिशतसम्म कमिशन लिनुहुन्छ,’ उनले भने, ‘त्यसमा १० प्रतिशत सरकारलाई तिर्न के अप्ठेरो भयो र ?’ उनले पुस्तकको व्यापारबाट आम्दानी हुने भएकाले कर लगाएको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x