Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपालीसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा प्रतिबन्ध

नेपालीसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा प्रतिबन्ध

काठमाडौं, २६ फागुन । कोरोना भाइरस संक्रमणको जोखिम लक्षित गर्दै कतारले नेपालीसहित १४ मुलुकका नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ ।
कतार नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुक पनि हो । कतारको यो प्रतिबन्धसँगै कतारमा रोजगारीका लागि जाने क्रममा रहेका नयाँ कामदारका साथै श्रमस्वीकृति नवीकरण गरेर जाने तथा छुट्टीमा नेपाल आएका कतारमा काम गर्ने नेपालीहरु प्रभावित हुनेछन् ।

समाचारसंस्था रोयटर्सका अनुसार कतारले नेपालसहित इरान, लेबनान, इराक, चीन, इजिप्ट, भारत, बंगलादेश पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्याण्डबाट कतार प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

कतार कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको थियो । कतारमा यसअघि कोरोना भाइरस संक्रण भएका ३ बिरामी फेला परेकोमा आइतबार उक्त संख्या बढेर १५ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । कतार विश्वका धेरै मुलुकका लागि ट्रान्जिट पनि हो । कतारको ध्वजाबहाक कतार एयरवेजले दोहाबाट १६० गन्तव्यहरुमा उडान भर्दै आएको छ । साथै कतार सन् २०२२ मा हुने फिफा विश्वकपको आयोजक राष्ट्र पनि हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x