कोरोना रोकथामका लागि विश्व बैंकको सवा तीन अर्ब
काठमाडौं, २८ फागुन । विश्व बैंकले नेपाललाई कोरोना रोकथामका लागि २ करोड ९० लाख अमेरिकी डलर अनुदान दिने भएको छ । विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संघ (आइडीए)बाट उपलब्ध हुने अनुदान स्वरुप नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि उक्त सहयोग दिन लागेको हो । सवा तीन अर्ब रुपैयाँ बराबरको यो सहयोग नेपालले जनस्वास्थ्य कार्यक्रम, सचेतना, औषधी तथा अस्पताललाई बन्दोबस्ती अवस्थामा राख्नका लागि प्रयोग गरिने बताइएको छ ।
विश्व बैंकले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि निजी क्षेत्रसमेतलाई सहयोग गर्ने गरी १२ अर्ब अमेरिकी डलरको प्याकेज गत साता सार्वजनिक गरेको हो । यो मध्ये निजी क्षेत्रको उत्थानका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का तर्फबाट ६ अर्ब र विश्व बैंकका तर्फबाट ६ अर्ब रुपैयाँको प्याकेज सार्वजनिक गरिएको हो ।
विश्व बैंकले न्यून आय भएका मुलुकलाई अनुदान र मध्यम आय भएका मुलुकलाई सहुलियत ऋणमा उक्त सहयोग उपलब्ध गराउनेछ भने आइएफसीले सहुलियत ऋणमा सहयोग उपलब्ध गराउने बताएको छ ।