Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अर्थतन्त्र जोगाउन विश्वभर राहत प्याकेज

अर्थतन्त्र जोगाउन विश्वभर राहत प्याकेज

काठमाडौं, २९ फागुन । कोरोना भाइरसको सन्त्रासका कारण थलिएको अर्थतन्त्र जोगाउन विश्वभर नै राहत प्याकेज ल्याउने क्रम शुरु भएको छ । बेलायतका अर्थमन्त्री ऋषि सानुकले प्रस्तुत गरको बजेटमा ३० अर्ब पाउण्ड त्यहाँका उद्यम, व्यवसाय जोगाउन खर्च गरिने उल्लेख छ । त्यस्तै, मजदूरहरु बिरामी भएर १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने अवस्थामा उक्त १४ दिनको खर्च सरकारका तर्फबाट भरिने उल्लेख छ ।

विश्वभर महामारी बनेको कोरोना भाइरसले निम्त्याएको स्वास्थ्य समस्याको चिन्तमा अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्थात् अमेरिकी सरकारलाई ८.३ अर्ब अमेरिकी डलर खर्च गर्ने अनुमति दिइसकेको छ । आपूर्ति व्यवस्था प्रभावित हुनुका साथै विश्वभर एयरलाइन्स र होटल, आतिथ्य सत्कार व्यवसाय प्रभावित भएका छन् ।

जर्मनीले पनि अहिलेकै अवस्थामा आफ्ना ५ करोड नागरिक कोरोना भाइरस संक्रमित हुन सक्ने जोखिम रहेको भन्दै त्यसलाई नियन्त्रणका लागि पहल थालेको छ । विश्वका ठूला अर्थतन्त्रमात्र होइन, कोरोना भाइरसको समस्याका कारण नागरिकलाई घरमै बन्द गरेको इटलीले पनि अर्थतन्त्रका लागि राहत प्याकेज घोषणा गरेको छ ।

इटलीका प्रधानमन्त्री जिजेपे कोन्टेले २८ अर्ब अमेरिकी डलरको राहत योजना अघि सारेका छन् ।
नेपालमा मौद्रिक नीतिले कोरोना भाइरस प्रभावित उद्योग व्यवसायको ऋण पुनर्संरचना, पुनर्तालिकीकरण र उनीहरुलाई पुनकर्जा सुविधा दिने भने पनि कहिलेबाट कार्यान्वयनमा आउने हो भन्ने टुंगो छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x