एनआईसि एशिया बैंक र लुम्बिनी ग्रुपले रेमिट्यान्स सेवामा सहकार्य गर्ने

काठमाडौं, २९ फागुन । एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुपबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भएको छ।

उक्त सम्झौता पश्चात अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको रकम बैंकको जुनसुकै शाखा मार्फत तुरुन्त भुक्तानी पाउने छन् । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिने बैंकले जनाएको छ।

यस बैंकको मुलुकभर ३ सय १९ वटा शाखाहरू, १ सय ७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९ हजार भन्दा बढी सहायक प्रतिनिधिहरू रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *