Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

धादिङको सल्यान्टार बगैचामा ‘अनन्त सव–रेमिट’ संञ्चालनमा

धादिङको सल्यान्टार बगैचामा ‘अनन्त सव–रेमिट’ संञ्चालनमा

काठमाडौं, २९ फागुन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ सल्यान्टार स्थित बगैचामा ‘अनन्त सव–रेमिट प्रा.लि.’ संञ्चालनमा ल्याइएको छ । बुधबार त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले उक्त रेमिटको उद्घाटन गरेका हुन ।

अध्यक्ष शम्भुकुमार थापाले युवा पिडिले गरेको सिर्जनशिल कामको प्रशंसा गर्दै अब हरेक युवाहरुले स्वदेशमै बसेर सिर्जनसिल काम गर्नुपर्ने बताए ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष देवि बुर्लाकोटीले रेमिट्यान्सले बिदेशमा पठाएको पैसाको सहि सदुपयोगबारे नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिइन ।

संचालनको पहिलो दिन बुधबार रेमिटबाट २० जनाले सेवा लिएका छन् ।

सो क्षेत्रका नागरिकलाई सहज सेवा दिने उद्धेश्यले रेमिट संचालनमा ल्याइएको प्रबन्ध निर्देशक शिशिर दनैले बताए । योसँगै अव आफन्तले पठाएको रकम झिक्न सदरमुकाम धादिङवेशीसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास उनले व्यक्त गरे ।

रेमिट संञ्चालनमा आएसँगै सल्यान्टार, त्रिपुरेश्वर, खहरे, मुलपानी, गंगाजमुना लगायतका उत्तरी धादिङका नागरिकहरुलाई सहज हुने छ । सो रेमिटमा आईएमई, सिटि एक्सप्रेस, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, जीएमई लगायतका रेमिट्यान्स सुविधा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x