Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सन्राइज रेमिटबाट पठाएको रकम जीएमईमा प्राप्त गर्न सकिने

सन्राइज रेमिटबाट पठाएको रकम जीएमईमा प्राप्त गर्न सकिने

काठमाडौं, २९ फागुन । सन्राइज बैंक र जीएमई रेमिटबीच रेमिट्यान्स सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमईका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार सन्राइज बैंकका स्वदेश तथा विदेशमा रहेका ग्राहकहरुले सन्राइज रेमिटमार्पmत पठाएको रकम नेपालका जुनसुकै ठाउँमा भएका जीएमईका एजेन्टबाट छिटो, छरितो तरिकाले प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकले १ सय ३० वटा शाखा कार्यालय, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १ सय ५४ वटा एटीएममार्फत करिब ६ लाख ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x