Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

५० लाखसम्मको कर्जा सहज, दुई करोडसम्मको कर्जामा करदाखिला प्रमाण पेश गरे हुने

५० लाखसम्मको कर्जा सहज, दुई करोडसम्मको कर्जामा करदाखिला प्रमाण पेश गरे हुने

काठमाडौं, ३० फागुन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् घोषणा गरेको व्यक्तिगत घरकर्जा र कृषि, पर्यटन एवं साना मझौला उद्यम (एसएमई) कर्जाका करचुक्ताको प्रमाणपत्र नचाहिने व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले परिपत्र जारी गरी मौद्रिक नीतिको उक्त व्यवस्था लागू गरेको हो ।

५० लाख रुपैयाँसम्मको कर्जामा अद्यावधिक करचुक्ता या करदाखिला प्रमाणपत्र आवश्यक नपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । त्यस्तै कृषि, पर्यटन र अन्य एसएमई कर्जामा दुई करोड रुपैयाँसम्म कर दाखिला कागजातका आधारमा कर्जा दिन र नवीकरण गर्न सकिने उल्लेख छ । त्यस्तै, दुई करोड रुपैयाँभन्दा माथिको कर्जा लिन या नवीकरण गर्न भने ऋणीले अनिवार्य रुपमा करचुक्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले सुक्ष्म निगरानीको कर्जामा जोखिम व्यवस्था बापत् छुट्याउनुपर्ने रकममा समेत सरलीकरण गरेको छ । यसअघि साँवा र ब्याज नियमित रुपमा भुक्तानी भएतापनि लगातार दुई वर्षदेखि खुद नोक्सानीमा रहेको वा नेटवर्थ ऋणात्मक रहेको फर्म, कम्पनी वा संस्थालाई प्रवाहित कर्जा र निर्माणाधीन परियोजना सञ्चालनपछि दुई वर्षको वासलातका आधारमा जोखिम व्यवस्थाबापत् रकम छुट्याउनुपर्ने व्यवस्था रहेको थियो । पछिल्लो संशोधनमा दुई वर्षको ठाउँमा तीन वर्ष कायम गरिएको छ । अब कर्जा लिने फर्म, कम्पनी तीन वर्ष लगातार खुद नोक्सानीमा रहे या निर्माणाधीन परियोजनाको हकमा सञ्चालनको तीन वर्षको ब्यालेन्स सीट हेरेर मात्र सुक्ष्म निगरानी अन्तर्गत जोखिम व्यवस्थावापत् रकम छुट्याउनुपर्नेछ ।

त्यस्तै व्यक्तिगत घरकर्जामा आम्दानी र ऋणको मासिक किस्ताको अनुपात ५० प्रतिशत नघाउन नपाइने यसअघिको व्यवस्था संशोधन गरी आम्दानीको ६० प्रतिशत ननाघ्ने गरी किस्ता कायम गर्नुपर्ने व्यवस्था भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *