बिल गेट्स माइक्रोसफ्टको सञ्चालकबाट बाहिरिए
काठमाडौं, १ चैत । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स सञ्चालक समितिबाट बाहिरिने घोषणा गरेका छन्। परोकारी कार्यमा धेरै समय व्यतित गर्न भन्दै उनले उक्त कम्पनीबाट बाहिरिने घोषणा गरेका हुन ।
उनले विश्वव्यापी स्वास्थ्य र विकास, शिक्षा र जलवायु परिवर्तन नियन्त्रण गर्ने विषयमा आफ्नो ध्यान केन्द्रित गर्ने इच्छा रहेको बताएका छन् ।
६५ वर्षिय गेट्स संसारका दोस्रो सर्वाधिक धनी व्यक्ति हुन । उनीसँग १ सय ३.६ अर्ब डलरबराबर भएको सम्पति छ ।